सन्देश फैलाउन सक्नुपर्नेमा पर्यटन ब्यवसायीहरुको भनाइ    Download

 957 views




comments powered by Disqus
Title :: सन्देश फैलाउन सक्नुपर्नेमा पर्यटन ब्यवसायीहरुको भनाइ

बैशाख १२ गते गएको महाविनाशकारी भुकम्पले ऐतिहासिक,पुरात्व र पर्यटकीय महत्वका सम्पदाहरु क्षतिग्रस्त भएका छन् । नेपालमा गएको भुकम्पको बारेमा केही अन्तराष्ट्रिय सचार माध्यमहरुमा गलत सूचना सम्प्रेषण भएको कारणले गर्दा पर्यटन क्षेत्रमा गम्भीर असर परेको व्यवसायीहरुको गुनासो छ । त्यसैले सरकारले अन्तराष्ट्रिय वजारमा पर्यटन प्रर्वद्धनको लागि सकारात्मक सन्देश फैलाउन सक्नुपर्नेमा पर्यटन ब्यवसायीहरुको भनाइ छ ।अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले गरेको नेपाल ध्वस्त नै भएको भन्ने नकारात्मक र भ्रामक प्रचार प्रसारले गर्दा नेपाल पर्यटनका लागि भ्रमण योग्य नभएको भन्ने भ्रम अन्तराष्ट्रिय जगतमा परेको छ । यसबाट पर्यटन क्षेत्रमा गम्भीर असर परेको ब्यबसायीहरुको गुनासो छ । त्यसैले नेपाल भ्रमण गर्न आउन लागेका पर्यटकहरुको मनस्थितिमा परेको नकारात्मक असरलाई हटाउन सरकारले तत्काल बिश्व बजारमा सकारात्मक सन्देश फैलाउन सक्नुपर्ने ब्यबसायीहरुको भनाई रहेको छ । भुकम्पले केही जिल्लामा क्षति भए पनि धेरै जिल्लाहरु अझै पनि पर्यटकहरुको आगमनको प्रतीक्षामा छन् । भुकम्पले प्रभाव नपारेका पर्यटकीय गन्तव्य लुम्विनी,चितवन,इलाम लगायतका क्षेत्रहरु अझै पनि पर्यटकहरुको स्वागतका लागि तयार रहेका छन् । त्यसैले सरकारले पर्यटकीय सम्पदाको बिषयमा बिश्व बजारमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पर्यटकीय क्षेत्र ठमेलका ब्यबसायीहरु बताउछन । वैशाख १२ गते गएको महाबिनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएको नेपालको पर्यटन क्षेत्रमा छिट्टै स्ुधारको योजना ल्याउनुपर्नेमा व्यवसायीको जोड छ । नेपालको पर्यटन क्षेत्रको बारेमा सकरात्मक सन्देश प्रवाह गर्नका लागि आन्तरिक पर्यटनबाटनै शुरु हुनुपर्नेमा पनि धरै व्यवसायीहरुको मतैक्यता छ । 

No Tags