74 Killed in 26 Days in Road Accident August 8th News    Download

 509 views




comments powered by Disqus
Title :: 74 Killed in 26 Days in Road Accident August 8th News

‘राम्ररी जानु, पुगेपछि फोन गर्नु,’ आफन्त/परिवारजनका कुनै सदस्य यात्रामा निस्किँदा विदाइ गर्ने अभिभावकको मुखबाट अधिक सुनिने वाक्य हो यो । गन्तव्यमा नपुग्नुजेल परिवारजनले मानिरहने चिन्ताले नेपालमा सार्वजनिक सवारी साधनको यात्रा कति असुरक्षित छ, संकेत गर्छ ।

चालक, गाडी/सडकको अवस्था वा बाह्य तत्वमा अडिएको हुन्छ, सुरक्षित यात्रा । त्यसैले होला, सुरू गन्तव्यबाट थालिएको यात्रा घन्टौं वा दिन बिराएपछि अन्तिम गन्तव्यमा पुग्दा यात्रुले सन्तुष्टिको लामो सास फेर्दै फोन गर्न आग्रह गर्ने आफन्तलाई बसको सिटबाटै फोन गरी भन्छन्, ‘राम्ररी आइपुगें, चिन्ता नलिनु ।’

मृत्यु सत्य हो । तर प्राकृतिक मृत्युलाई उछिन्दै सवारी दुर्घटनाबाट भैरहेका मृत्युका खबर हृद्धयविदारक हुन्छन् ।पछिल्ला दिन दुर्घटना हवात्तै बढेका छन् । २६ दिनमा देशभर ७४ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसके । के हो त कारण ??

nepali       Nepal       Nepali news       Nepal road accident