Dr Baburam Bhattarai prime minister of Nepal address the nation    Download

 1,040 views




comments powered by Disqus
Title :: Dr Baburam Bhattarai prime minister of Nepal address the nation

Dr Baburam Bhattarai prime minister of Nepal address the nation citizen on 28th August 2012 watch full part on bakemytheme for free.

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो एक वर्षे कार्यकाल पूर्ण रूपमा सफल रहेको बताएका छन। उनले आफ्नो कार्यकालमा ठूलो उपलब्धि हासिल गरेको पनि दाबी गरे । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्री भट्टराईले आफूलाई कामै गर्न नदिइएको गुनासो गरे। ५ हजारभन्दा बढी शब्दको उनको भाषणमा विपक्षी दलदेखि लिएर न्यायपालिकासम्मलाई गुनासो भरिएको छ। शान्ति प्रक्रियाविरुद्ध सडकमा उत्रने वैद्य पक्षलाई उनले ‘माओवादीभित्रको एउटा संकीर्ण रुढिवादी तप्का’ भनेका छन्।  हाँले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य समूहलाई ‘संकिर्णतावादी तप्का’को संज्ञासमेत दिए । ‘शान्तिप्रक्रियाको विरोधमा संकिर्णतावादी तप्का सडकमा उत्रिएको तपाईंहरूलाई थाहै छ ।’ उहाँले संविधानसभाबाट संविधान लेख्न नदिन पहिल्यैदेखि खेल भइरहेकोसमेत आरोप लगाए । आफूहरु लचक भए पनि संविधान बन्न नसकेकोमा उनले  विपक्षीहरुलाई दोष दिँदै भनेका छन्- ‘एक हातले ताली बज्दो रहेनछ, कस्सिएका मुठ्ठीसँग कसैले हात मिलाउन सक्दोरहेन छ।’ राजीनामाको एकसूत्रीय माग विपक्षीहरुले राखिरहेको र अध्यादेशहरु समेत राष्ट्रपतिले रोकिरहेको सन्दर्भमा उनले भनेका छन्- ‘सरकार कसैसँग कुनै मुठभेडका पक्षमा छैन तर राज्य संचालनका न्यूनतम दायित्ववाट पनि सरकार पञ्छिन सक्दैन। राज्यका विभिन्न अंगहरुबीच असझमदारी खडा गरेर एजेन्डारहित सत्तालालसा राख्नु राष्ट्रप्रति जिम्मेवारीको निर्वहन पक्कै होइन।

पूर्ण बजेट ल्याउन नदिएकोमा उनको गुनासो लामै थियो। उनले भने, ‘हाम्रो कार्यकालमा पनि सोचेजस्तो सुधार किन भएन त भन्ने प्रश्नको उत्तर चाहिरहेका जनसमुदायले के बुझिदिन पर्‍र्यो भने हाम्रो सरकारले न गत वर्ष नीति तथा कार्यक्रम र पूर्ण बजेट ल्याउन पायो, न अहिले ल्याउन पायो। जब यो सरकार गठन भयो, अघिल्लो सरकारको नीति तथा कार्यक्रमको बिरासतमा काम गर्नुपर्ने अवस्था थियो। अहिले पनि यस्तो वितन्डापूर्ण वातावरण तयार गरियो कि पूर्ण बजेट ल्याउन सक्ने अवस्था बनेन।’

विरोधीहरुलाई उनले यसरी गुनासो पोखे, ‘केही समस्या हाम्रो विरोधको संस्कृतिमा पनि छ। हामीकहां विरोधका लागि विरोध क्रमशः एउटा संस्कार बन्दै गएको छ।’ आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा भएका उपलब्धिबारे जानकारी दिनका लागि मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षबाट एक वर्षे कार्यकालको समीक्षासहित जनताका नाममा सम्बोधन गर्दै उनले भने , सत्ताका लागि खेल भइरहेका वेला मेरो नेतृत्वमा गठन भएको सरकारले शान्तिप्रक्रियाको महत्त्वपूर्ण काम पूरा भएको छ ।’

Nepali news       Nepal news 2012       Nepal news August       Nepal news august 2012       Dr baburam bhattarai       Primi minister of Nepal       Address to citizen by baburam bhattarai