बैगुणी बैशाख १२ -
A Video Poetry
न केही संकेत थियो
न त कुनै सन्देश नै आयो
एक वचन कसैलाई भन्दै नभनी
अचानक धर्तीले ढोका ढक्ढक्यायो
शनि त्यो बारको नाम
ठिक तालु माथि थियो घाम
एक्कासी मुटुले छोड्यो ठाम
अत्तालीयो मन यता जाम कि उता जाम
पाउ र पृथ्वीको सम्बन्ध बिग्रेको त्यो क्षणभर
को धनी, को गरीब, कुन जाती, के थर
कोलाहल र चित्कारको बादल चिरेर
गगनको शरण लिन मन लाग्यो दुई पखं भिरेर
एकाएक प्रकृती हामी संग खै किन रिसायो
त्यही मौका छोपेर ईतिहासले थुप्रै भार बिसायो
अनगिन्ती सपनाका मालाहरु एक झट्कामै चुडीए
हेर्दा हेदै, भाग्दा भाग्दै कयौं भविष्य त्यहीँ पुरिए
असंख्यौं भए साक्षत बाँकीलाई समाचार
त्यही भिडबाट हराए, हामी बिचकै ९ हजार
सकियो भन्छु, अब त सकियो होला भन्छु तर झस्काउँछ बारम्बार
अकल्पनीय, अविस्वश्नीय अतः अविस्मरणिय
बैगुणी बैशाख १२
बैगुणी बैशाख १२
Words: Bidhan Rajbhandari
Voice: Suraj Thapaliya
Edit & Graphics: RA JS
Record & Mix : Suman Thapaliya
Studio: Glitters Studio
Special Thanks to: Robin Sharma and all footage / image owners
comments powered by Disqus