Sajha Sawal Episode 310/280: Agricultural Entrepreneurs- 2    Download

 845 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 310/280: Agricultural Entrepreneurs- 2

६ वर्षदेखि हरेक हप्ता हामी साझा सवाल लिएर तपाइको रेडियो टेलिभिजनमा आइरहेका छौं र यो साझा सवालको २८० औं अंक हो । यसबीच सयौं नेता, विशिष्ट कर्मचारी, विशेषज्ञहरुसँग बहस भयो । ती कार्यक्रमका बारे प्रतिक्रियाहरु आइरहन्छन् । धेरै नेपाली कृषिसँग जोडिएको भएरै होला, सबैभन्दा धेरै प्रतिक्रिया पाएका कार्यक्रम चाहिँ कृषिका विषयमा गरिएका साझा सवाल हुन् । कतिपयले त कृषिका बारेमा गरिएको साझा सवालपछि आफूहरु कृषि कर्ममा लागेको पनि बताउनुहुन्छ । त्यसैले गएको हिउँदमा कार्यक्रम रेकर्डिङका लागि देशका विभिन्न भागमा जाँदा केही उत्साहित किसानहरुलाई हामी भेट्यौं । यसपटकको साझा सवालमा हामीले दाङका कर्म केसी, जुद्धबहादुर पुन, रूपन्देहीका सीपी शर्मा, काठमाडौंका सूर्यप्रसाद पाण्डे र रामकुमार बानियाँ अनि कास्कीका छ्यामबहादुर थापाका परिश्रम र सफलताको कथा समेटेका छौं ।

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal       Agricultural Entrepreneurs