Sajha Sawal Soaring Market Price    Download

 496 views




comments powered by Disqus
Title :: Sajha Sawal Soaring Market Price

तपाईं हामी सबैलाई पेट भर्न चाहिने दाल चामल, तरकारी, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको भाउ छुनै नसक्ने गरि आकासिएको छ। सरकारले खाद्यान्न उत्पादन सबैभन्दा बढी भएको र २३ वर्ष यता सबैभन्दा बढी उपभोग्य बस्तु सञ्चित भएको तथ्य सार्वजनिक गरेकै बर्ष बजारमा उपभोग्य बस्तुको भाउ यसरी आकासिएको हो । दैनिक भान्साको खर्च यसरी बढ्दा बजार अनुगमन र नियमन गर्ने सरकारी या उपभोक्ताहरुको संयन्त्र के गर्दैछ? सरकार भन्छ -- "बजारमा कृत्रिम अभाव सिर्जना गरी अत्यावश्यक बस्तुहरुमा अत्यधिक मूल्य बृद्धि भएको छ।" र प्रधानमन्त्री भन्छन्- "यो मुल्यवृद्दि नियन्त्रणका लागि तत्काला कारवाही अघि बढाउनु पर्छ ।" त्यसका लागि के काम भैरहेको छ त? छलफलका लागी हामीसंग हुनुहुन्छ- वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ र खाद्यान्न लगायतका समग्री उत्पादन गर्ने गोल्छा अर्गनाईजेसनका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान प्रथम उपाध्यक्ष दिवाकर गोल्छा । ६० जना उपभोक्ताबीचमा पहिलो लहरमा हुनुहुन्छ बजार अनुगमन गर्ने निकाय वाणिज्य विभागका महानिर्देशक नारायण प्रसाद बिडारी ।

kantipur daily news       latest news       latest nepali news       Sajha Sawal       Soaring Market Price